भाईरल सिम्रनका दुई गीत ट्रेन्डिङको शिर्षस्थानमा

 साउन २९, २०८०

तुलसीपुर । सामाजिक सञ्जालमा भाईरल बनेकि बागलुङकी सिम्रन परियारलाई अहिले गित गाउने अफर आउने क्रम बढ्दो छ । पहिलो गित रेकर्ड गराएर सार्वजनिक भएसगैं उनको स्वर झनै रुचाईएको छ । टिकटकमा समेत हिट भएको गित ट्रेन्डिङ वानमा पर्न सफल भएको । सिम्रनको पहिलो रेकर्ड गीत ट्रेन्डिङ वानमा उक्लिएसँगै उनी झनै चर्चामा छिन् । गायक प्रमोद खरेलको स्वरको ‘उसलाई पाउन २’ को फिमेल भर्सन शुक्रबार सार्वजनिक भएको थियो । सुनिल बिसी युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत राम्रो भ्युज पाईरहेको छ ।

यो गीत सोमवार राती सम्म १४ लाख ७० हजारले हेरिसकेका छन् । गाउँदेखि काठमाडौँको मारुनी डिजिटल स्टुडियोमा गीत रेकर्ड गराउने चाँजोपाँजो मेचीकाली खबरका सञ्चालक भोजराज थापाले मिलाइदिएका थिए । थापा सिम्रनको अन्तर्वार्ताका लागि केही दिनअघि बागलुङ पुगेका थिए । यो गितको शव्द र संगित सुनिल बिसीको छ ।

उनको स्वरमा आएको अर्को गितपनि ट्रेन्डिङ तीनमा रहेको छ । ए साईला परेली भित्र भन्ने गितले पनि चर्चा बटुल्न थालेको छ । रीसी खड्का र सिम्रन परियारको स्वरमा रहेको यो गीत आईतवार मात्रै सार्वजनिक भएको हो । यसलाई हाल ५ लाख ३० हजारले हेरेका छन ।

छोटो समयमा नै उनको स्वर रुचाईएपछि उनको स्वरमा गित रेकर्ड गराउने बढेका छन । भिडियो समेत हतारमै बनाएर सार्वजनिक गर्ने गरेका छन । यसैक्रममा अर्जन सापकोटाले पानी परेको भन्ने गित सिम्रनको स्वरमा सार्वजनिक गरेका छन । यो गीत आज मात्रै युट्युब आएकोमा १ लाख बढिले हेरेका छन । यो गित यस अघि मेल भर्सनमा थियो ।

त्यसैगरी सिम्रनले गाएको अर्को गीत ‘मुटुमै घाउ छ’ भन्ने गितले पनि चर्चा कमाएको छ । यो गित शनिबार रिलिज भएको हो । श्रीधर अधिकारीको संगीतसँगै निर्देशनमा डा विष्णुमूर्ति भट्टराईको शब्दको उक्त गीत श्रीधर अधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । यो गीत ४ लाख ६६ हजारले हेरिसकेका छन् ।

जे होस यतिबेला सिम्रनको चर्चा चलिरहदा दिगो बनोस बन्ने दर्शकको चाहना छ । जसरी गीत रेकर्ड गराउदै भिडियो समेत हतारमै बनाएर सार्वजनिक गर्ने बढेका छन् त्यसरी निरन्तरताको खाचो देखिन्छ । यत्तिको कला भएको मान्छे छिनमै भाईरल बनेर हाल गुमनाम बनेको जस्तो गती नहोस भन्ने उनका सर्मथकहरु बताउछन् ।

तपाईंको प्रतिक्रिया