भागिरथ र रेखाको मलाई एउटा सिफारीस बनाईदेउ मेयरसाप (भिडियो)

 भदौ ०२, २०८०

तुलसीपुर । पछिल्लो समय बजारमा धमाधम चर्तित खालका तीजका गितहरु सार्वजनिक हुने क्रम चलिरहेको छ । यहिक्रममा बिहीवार चर्चित गायक भागिरथ चलाउने र रेखा जोशीको स्वरमा रहेको नयाँ तिज गीत मेरो लागि मर्ने केटो सार्वजनिक भएको छ । यो गित अहिले चर्चामा रहेको छ । टिकटकमा मलाई एउटा सिफारीस बनाईदेउ मेयरसाप …भन्ने गितमा हजारौले टिकटक बनाएका छन ।

भागिरथ चलाउनेकोे लय तथा शव्द रहेको यो गितमा बिनोद बाजुरालीले संगित संयोजन गरेका छन भने खडक बाजुरालीले मिक्सिङ्ग गरेका हुन । जेरी भण्डारीले निर्देशन गरेको गीतमा चलाउने र करिष्मा ढकालको अभिनय छ । चलाउनेका गत बर्ष थोपेडाले धोकाले दियो बरिलै, झमझम झम्कना जस्ता थुप्रै तिज चर्चामा थिए ।

तपाईंको प्रतिक्रिया