विष्णु माझीको तीज गीत: ‘बलमा’..बाट सन्तुष्ट छैनन् फ्यानहरु

 भदौ २३, २०८०

तुलसीपुर । लामो समय देखि नियमित रुपमा तीज गीत ल्याउँदै आएकी गायिका विष्णु माझीको यसपटकको कोशेली पनि सार्वजनिक भएको छ । गीतको प्रतीक्षामा उनका फ्यान, शुभचिन्तक एवं स्रोता–दर्शक थिए । यद्यपी त्यो प्रतिक्षाको घडी अन्त्य गर्दै बुधवार बेलुका ‘पुतलीको भट्टी–१९’का रुपमा ‘बलमा……’ बोलको गीत सार्वजनिक गरिन् । तीजको माहोलमा उनले यो कोसेली सार्वजनिक गरिन् ।

तर, उनीबाट अपेक्षा गरे अनुसारको तीज नआएको प्रतिक्रिया आउन थालेको छद । गीतलाई लिएर स्रोता दर्शकहरु सन्तुष्ट नभएको प्रतिक्रियाबाट प्रष्ट हुन्छ । कतिपय स्रोता–दर्शकले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अपेक्षा गरेअनुसारको गीत नआएको बताएका छन् । चरी जेलैमा बोलको गित सङ्ग मिल्दो जुल्दो सङीत भएकोले नँया मिठास नआएको बताएका छन । यस्तै कतिपयले गीतको कथावस्तु तथा ‘बलमा को अर्थ नै नबुझेको बताएका छन् । केहीले गितमा मोडल फिट नभएको समेत बताएका छन् । युट्युबमा हेर्ने हो भने पनि गीत मन नपरेको प्रतिक्रिया दिनेहरु यसपटक धेरै देखिएका छन् ।

यस्ले दर्शकले चाहेको जस्तो गित नपाएकि हुन् अथवा सुन्दरमणि अधिकारीमा नँया सृजना हुन छोडेको भन्ने प्रश्न उठाएको छ । विष्णुको स्वरको फ्यानहरुले भने सबैले प्रशंसा नै गरेका छन् । युट्युब भ्युजको सन्दर्भमा शुक्रवार साझ ११ लाख ८३ हजारले गीत हेरेका छन् । गीतमा सुन्दरमणि अधिकारीको शब्द एवं संगीत छ । आशिष अविरलले गीतलाई एरेन्ज तथा मिक्सिङ गरेका हुन् । भिडियोमा यसपटक बिनु सुवेदी र सुन्दरमणि अधिकारीलाई देख्न सकिन्छ ।

 

तपाईंको प्रतिक्रिया