माघी पर्वमा संस्कृति जोगाउन कट्कुईयाँका थारु समुदायको तयारी

 पुष १४, २०८०

कर्ण चौधरी, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका ८ कट्कुईयाँ भुह्यारथान ब्यवस्थापन समितिको भेला शनिबार सम्पन्न भएको छ । भेलाले हरेक वर्ष जसरी यस वर्ष पनि आउदै माघी पर्व लक्ष्यित विभिन्न कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । सो अन्तर्गत आउदै गरेको माघी पर्व भब्य र सभ्य तवरले मनाउने तथा थारू संस्कृति झल्काउने नाचगान गर्ने निर्णय गरेको छ ।

साथै सोहि पर्व लक्ष्यित भुह्यारथान ब्यवस्थापन समितिले पुसको अन्तिम तिर एक दिन बाटो सरसफाइ कार्यक्रम समेत संचालन गर्ने निर्णय गरेको छ । सरसफाइ कार्यक्रममा सरीक भई घर आगन टोल स्वच्छ र सफा राख्न सबैमा अपिल गरेको छ । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका ८ कि वडा सदस्य सुमित्रा थरूनी,महतवा खिमलाल चौधरी,समितिका सल्लाहकार पुनाराम चौधरी,युवा संयोजक सुनक चौधरी,निमा चौधरी र गौरीलाल चौधरी लागाएत आधा दर्जन ब्यक्तिले आ-आफ्नो भनाइ राख्नुभएको थियोे ।

उक्त भेला भुह्यारथान ब्यवस्थापन समितिका अध्यक्ष लैइया चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहजिकरण निमा चौधरीले गर्नुभएको थियोे ।

तपाईंको प्रतिक्रिया