गौरिताल घुम्न जाउ माघी महोत्सवको तयारी तीब्र

 पुष २४, २०८०

तुलसीपुर । गौरिताल घुम्न जाउ माघी महोत्सवको तयारी तीब्र पारीएको आयोजकले बताएको छ । तुलसीपुर १० गौरिगाऊको प्रख्यात गौरीतालको प्रचार प्रसार तथा थारु कला संस्कृतीको जर्गेनाको लागि पौष २७ गते उक्त कार्यक्रमको तय गरिएको सिर्जनसिल युवा क्लवका अध्यक्ष सन्तोष वलीले बताए । अहिले कार्यक्रमलाई सफल पार्नका लागि गठित समितीले आआफ्नो तयारी थालेका छन ।  गौरीताल सामुदायिक भवनको प्रागंनमा कार्यक्रम हुने छ ।

उक्त कार्यक्रम लाई नेकपा एमाले केन्द्रीय महासचिव तथा लुम्बिनी प्रदेशका सस्थापक मुख्य मन्त्री शकर पोख्रेलले सम्बोधन गर्ने छन ।कार्यक्रममा ख्याती प्राप्त कलाकार र स्थानीय स्तरको चौधरी समुदायको सास्कृतीक प्रस्तुती रहने छ ।

तपाईंको प्रतिक्रिया