तुलसीपुरमा माघ ६ गते थारु संस्कृति तथा खाना प्रदर्शनी हुदै

 माघ ०३, २०८०

तुलसीपुर । थारु समुदायको महान पर्व माघीका अवसरमा तुलसीपुरमा थारु संस्कृति तथा खाना  २०८० हुने भएको छ । यहि माघ ६ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ हरीपौरीमा हुने कार्यक्रमका बारेमा मुल आयोजक समितिले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । थारु समुदायको सांस्कृतीक सम्पदा र परम्परालाई संरक्षण गर्नका लागि कार्यक्रमको आयोजना गरिएको मुल आयोजक समितिका संयोजक भागिराम चौधरीले जानकारी दिए । थारु समुदायको परम्परागत खाना, भेषभुषा र सामाग्रिहरुको सबैमा ज्ञान प्रदान गरि प्रचार प्रसार र संरक्षण गर्ने मुख्य उद्देश्य रहेको चौधरीले प्रष्ट पारेका थिए । विभिन्न संघ सस्था र स्थानिय पालिकाको सहयोगमा कार्यक्रमको आयोजना गरिएको संयोजक चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यस अवसरमा थारु एकल र समुहगत नृत्य प्रतियोगिता, थारु खानाको प्रदर्शनि र उद्यमिहरुले उत्पादन गरेको सामग्रिको प्रर्दशनि गरिने मुल समितिका सह संयोजक छवि चौधरीले जानकारी दिए । उनका अनुसार थारु समुदायमा नाचिने नृत्यका प्रकारहरु प्रस्तुतीका रुपमा हुनेछ । यस्तै विभिन्न खानाका परीकार र सामाग्रिहरु स्टलका रुपमा रहनेछन ।

मुल आयोजक समितिका संयोजक भागिराम चौधरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा थारु पत्रकार सन्तोष दहित, ग्रीन फाउण्डेसनका जिल्ला अध्यक्ष विष्णु केसी लगायतले बोलेका थिए । पत्रकार सम्मेलनको सहजिकरण पत्रकार दिप्तीशिखा चौधरीले गरेकि थिईन ।

 

 

तपाईंको प्रतिक्रिया