थारु संस्कृति तथा खाना प्रदर्शनी: गंगटा देखि मुसाको परीकारसम्म

 माघ ०६, २०८०

तुलसीपुर । तुलसीपुरमा थारु संस्कृति तथा खाना प्रदर्शनी २०८० भव्य रुपमा सम्पन्न भएको छ । उपमहानगरपालिकाको वडा नम्बर १२ हरीपौरीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । मुल आयोजक समितिका संयोजक भागिराम चौधरीको अध्यक्षता तथा उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले थारु भाषा र रीतीरिवाजलाई जोगाउनका लागि नँया पुस्ताले विषेश चासो दिनुपर्ने बताएका थिए । उनले थारु संस्कृती संरक्षणका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै थारु कल्याणकारीणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण चौधरीले थारु संस्कृती संरक्षणका लागि गरिएको यो कार्यक्रमले महत्व राखेको बताएका थिए । स्थानिय सरकार तथा विभिन्न ब्यक्तिहरुको सहयोगमा पहिलोपटक गरिएको कार्यक्रम ऐतिहासिक बनेको बताएका थिए । उनले थारुको ईतिहास बोकेको दंगीशरण दरवार ओझेलमा परेको हुदा संरक्षणमा सबैको चासो दिनुपर्ने आवस्यकता रहेको बताए ।

कार्यक्रममा ग्रीन फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले थारु समुदायमा प्रचलित रैथाने खानाका माध्यमबाट आर्थिक रुपमा सबल बन्न सकिने बताएका थिए । थारु समुदायले खाने खाना सबैलाई जानकारी दिने र त्यसको संरक्षण तथा प्रबद्र्धनमा टेवा पुग्ने उद्देश्यले पहिलो पटक कार्यक्रम आयोजना गरिएको उनले बताएका थिए । यस्ता कार्यक्रमलाई आगामी बर्ष अझ ब्यापक बनाएर संस्कृती संरक्षणमा सहयोग गर्ने बताएका थिए ।

थारु समुदायको सांस्कृतीक सम्पदा र परम्परालाई संरक्षण गर्नका लागि आयोजना गरिएको कार्यक्रममा थारु खानाका परीकार मुसाको मासु,गंगटाको तरकारी, सुगुरको मासु,ढिक्रि, अनदीको रोटी रहेको थियो । यसका साथै उद्यमिहरुले उत्पादन गरेको सामग्रि पनि प्रदर्शनिमा राखिएको थियो ।

आयोजक समितिका सह संयोजक छवि चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्तममा थारु कल्याणकारीणी सभाका जिल्ला अध्यक्ष अशोक चौधरी, तुलसीपुर उपमहानगरका उपप्रमुख श्यानी चौधरी,शान्तीनगर गाउपालीकाका अध्यक्ष प्रमोद बस्नेत, एमाले नेतृ कोमल वली लगायतले बोलेका थिए । कार्यक्रमको संचालन पत्रकार दिप्तीशिखा चौधरी र सुरक्षा चौधरीले गरेका थिए । कार्यक्रममा मुख्य प्रायोजकका रुपमा तुलसीपुर उपमहानगरपालिका,प्रायोजकमा ग्रीण फाउण्डेसन नेपाल दागँ र सह प्रायोजकमा दंगीशरण,बबई र शान्तीनगर गाउँपालिका रहेका थिए ।

यसैविच थारु नृत्य प्रतियोगितामा दंगीशरण रावतगाउ प्रथम, तुलसीपुरको गौरीगाउ र पुर्व रजौरा द्धितीय,बनगाउँको नृत्य तृतीय भएका थिए । उनिहरुलाई क्रमश १० हजार ७ /७ र ५ हजार प्रदान गरिएको थियो । त्यसैगरी तुलसीपुरबाट सहभागिलाई ३/३ हजार र शान्तीनगर र दंगीशरण बाट आएका नृत्य समुहलाई ५/५ हजारका दरले प्रोत्साहन रकम गरिएको थियो । प्रतियोगितामा निर्णायकमा अधिबक्ता तथा थारु अगुवा भागिराम चौधरी,मनोज लामीछाने र शुरेस चौधरी रहेका थिए । कार्यक्रममा मघौटा,दस्या,झुम्रा, छोक्रा, लठ्ठी नाच प्रस्तुत गरिएको थियो ।

तपाईंको प्रतिक्रिया