तुलसीपुर महोत्सवको सबै तयारी पुरा, १ बजे उद्घाटन

 माघ २३, २०८०

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुन लागेको तुलसीपुर महोत्सव २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । भोलीदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको हो । महोत्सवबाट संकलित रकमबाट दोघरेमा रहेको सभाहललाई थप ब्यवस्थित गर्ने, अरनिको मैदानलाई विस्तार गर्ने, आचार्य कुलमले निर्माण गर्न लागेको भवनका लागि आर्थिक सहयोग गर्ने, मानव सेवा आश्रममा सहयोग गर्ने महोत्सव मुल आयोजक समितिका संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे बताउनुभयो ।

भोली विहान ११ वजे देखि ¥याली तथा शोभायात्राले निकाल्ने र दिउँसो १ वजे महोत्सवको उद्घाटन हुने जानकारी दिईएको छ । महोत्सवमा स्थानीय कला, संस्कृति, कृषि र हस्तकलाको प्रदर्शनीलाई विशेष प्राथमिकता दिने आयोजकले बताएको छ । उक्त महोत्सव १ लाख भन्दा धेरैले अवलोकन गर्ने लक्ष्य रहेको र ५० लाख बचत गर्ने लक्ष्य रहेको छ । मेला अवलोकनका लागि विद्यार्थीलाई ८० रुपैया, अन्यको लागिद एक सय र जेष्ठ नागरिक, अपांग, अशक्तलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था रहेको जानरकारी गराइएको थियो ।

पत्रकार सम्मेलन संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको थियो । पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष रुपबहादुर खत्रीले गर्नुभएको थियो भने सहजीकरण संघका प्रेस सल्लाहाकार शरद रेग्मीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया