बैंकहरुले ब्यबसायिहरुलाई फेरि सताउन थाले: उपाध्यक्ष बैद्य

 माघ २४, २०८०

तुलसीपुर । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरका उपाध्यक्ष सुरकृष्ण वैद्यले बैंक र विमा कम्पनीहरुले व्यवसायीलाई अनावश्यक दुख दिने काम गरिरहेको बताएका छन् । बुधबार तुलसीपुर महोत्सवको उद्घाटन गर्दै बैद्यले यस्तो बताएका हुन् । बैंकहरुले समय समयमा ल्याएको विमा अनिवार्य बनाउनु पर्ने निती हामी व्यवसायीलाई मान्य नभएको उनले बताएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वैद्यले नेपाल सरकारले व्यापारीहरुको आन्दोलनलाई संसोधन गरेर नयाँ निती नियम ल्याएता पनि बैंकहरुले व्याजदर भने नघटाएको बताए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद रेखा शर्मा, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद सुवेदी, जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख रामबन्धु सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका निर्वमान अध्यक्ष टंक बुढाथोकी, तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का,निवर्तमान मेयर घनश्याम पाण्डे, तुलसीपुर चेम्बर अफ कर्मशका अध्यक्ष टोप बहादुर घर्ती लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तुलसीपुर बजारबाट सुरु भएको झाकि जुलुस महोत्सव स्थल सम्म पुगेको थिया्े । कार्यक्रमको सहजिकरण प्रेस सल्लाहकार शरद रेग्मी र सह(कोषाध्यक्ष बिमल गौतमले गरेका थिय । महोत्सवमा बाल उद्यान सहित ब्यापारिक स्टलहरु रहेका छन । महोत्सव फागुन ८ गते सम्म चल्ने छ । यसैविच भोली रामजि खाड लगायतका कलाकारको प्रस्तुती रहने आयोजकले बताएको छ ।

 

तपाईंको प्रतिक्रिया