लोक गितमा मौलिकता हराउँदैछ : पुस्कल शर्मा

 माघ २७, २०८०

तुलसिपुर ।  गायक पुस्कल शर्माले नेपाली गित संगितमा मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार तुलसीपुरमा गायक शर्मा सँग गरेको साक्षात्कार कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

चलचित्र पत्रकार संघ दाङ शाखा अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा गायक शर्माले विशेषगरी लोक गित र संगितमा मौलिकता हराउँदै गएको बताउनुभयो ।

उहाले भन्नुभयो – “मैले गायन यात्रा सुरु गर्दा सुख दु:ख र वेदनाका गितहरुमा मौलिकता झल्कन्थ्यो, अहिले हराउँदै गएको महसुस भएको छ ।” त्यस्तै आगामी दिनमा दर्शक श्रोताको अझै मन जित्ने गितहरु ल्याउने बताउनुभएको छ ।

साथै उहाँले लोक गित संरक्षण र प्रवर्द्धनमा सबैले ध्यान दिनुपर्ने समेत बताउनुभयो । कार्यक्रमको सहजीकरण संघका सदस्य एकराज भण्डारीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया