तुलसीपुर महोत्सवमा दर्शक भरीभराउ

 माघ २७, २०८०

तुलसीपुर । माघ २४ गते देखि तुलसीपुरमा सञ्चालित तुलसीपुर महोत्सव–२०८० को चौथो दिन आज दर्शक खचाखच भरिएका थिए । शनिवार विदाका दिन पनि भएको हुदा भरीभराउ भएको थियो । महोत्सवमा लोक गायक कृष्ण रेउलेले आज गाउमा विजुली चम्केको बोलको गित लगायत थुप्रै गित प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए । उनका टप्पा लगायतका गितमा बुढापाखाहरु समेत रमाएका थिए ।

लगत्तै फेरी सृजना खत्री हाउडे माया स्टेजमा आए सगैं युवा पुस्ताले राम्रो साथ दिएका थिए । उनले मेरो एक्सको छम्मा भन्ने गित सहित आधा दर्जन गितहरु प्रस्तुत गरेकि थिईन । त्यसपछि गायक अर्जुन सापकोटाले नगर पिर माया,पानी पधेरो तिम्रो याद आएर बेसि झरेको लगायतका गितहरु गाएका थिए । अबेर सम्ममा पनि सापकोटा गितहरुमा दर्शक नाच्दै रमाईरहेका थिए ।

यसैविच भोली आईतवार महोत्सवमा चर्चित गायक खेम सेन्चुरी, भुमिका गिरी लगायतको प्रस्तुती रहने सांस्कृतिक संयोजक रुपबहादुर खत्रीले जानकारी दिएका छन ।

 

तपाईंको प्रतिक्रिया