तुलसीपुर महोत्सवको समापन आज

 फागुन ०८, २०८०

तुलसीपुर | तुलसिपुर महोत्सव–२०८० अाज समापन हुने भएकाे छ । विवादरहीत तरिकाले महोत्सव समापनको हुन पुगेको भन्दै आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले तोकिएको समयमै मेला समापन गर्न लागेको जानकारी दिनु भयो । अध्यक्ष चालिसेल संम्पूर्ण दर्शक तथा सरोकारवाला निकाय सहयोगी संघ सस्था,सुरक्षा निकाय तथा आम संचार माध्यमलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

महोत्सव समापनको अघिल्लो दिन सोमवार गायिका टीका पुन, ऋतु कँडेल, गायक प्रकाश रेग्मी, प्रेम विवस घर्ती, प्रेमप्रकाश वली ,उमादेवी खनाल, लगायतका कालाकारहरुको दमदार प्रस्तुति रह्यो । महोत्सवमा धामिनसक्नु दर्शकको भीड रहेको आयोजकले जानकारी दिएको छ । त्यस्तै फागुन ८ गते मंगलबार साझ महोत्सव समापन गर्ने निर्णय भएको तुलसीपुर उधोग बाणिज्य सघंका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनु भयो ।

महोत्सवमा मंगलबार अपरान्ह ४ बजेसम्म मात्रै प्रबेश सुल्क लाग्ने भएको छ भने ५ बजे मेला समापन हुने छ । महोत्सवमा मंगलबार मुख्य कलाकारको रुपमा गायक नरेश खाती ,रीता केसी र अनु अधिकारी रहनेछन् । त्यस्तै अन्य स्थानीय तथा राष्ट्रियस्तरकार कलाकारहरुको प्र्रस्तुति समेत रहने आयोजकले जनाएको छ । जसमा गायिकाहरु पुष्पा शर्मा, र बिमला भण्डारी रहनुहुनेछ भने गायकहरुमा दामोदर बस्याल र धनबहादुर गुरुङको प्रस्तुति रहनेछ ।
आयोजकले महोत्सव समापनको दिन सम्पूर्णलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।

सो अबसरमा उत्कृष्ट झाकि प्रदर्शन गर्ने दश वटा सस्थाहरुलाई नगर सहित पुरस्कृत गरिने छ भने आयोजक तथा उपसमिति तथा सहयोगि सस्थाहरुलाई सम्मान गरिने कार्यक्रम तय गरिएको छ ।

तपाईंको प्रतिक्रिया