गायक विक्रम परियारको हाँसै हजारको बोलको गित सार्वजनिक

 चैत २९, २०८०

तुलसीपुर । लोकदोहोरी गायक विक्रम परियारको लोक दोहोरीगीत ‘ढाका’ सार्वजनिक भएको छ । गायक परियारको अफिसियल यूट्यूब च्यानल ‘विक्रम परियार’बाट उक्त गीत सार्वजनिक भएको हो । पाल्पाली मायाको हासै हजारको भन्ने गितमा गायिका शान्तिश्री परियार र गायक विक्रम परियारले स्वर दिएका छन् । मौलिक लोक लय रहेको यो गितलाइ  सुरेश भुर्तेलले लेखेका हुन् भने दिप्लव खातीले संगित भरेका छन भने एरेन्ज श्यामश्वेत रसाइलीले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा गायक परियार र कुशुम शर्माले अभिनय गरेका छन् । गायक परियारका यस अघि बाचेको छु धन्न,अन्त नभने लगायतका थुप्रै गित चर्चित छन ।

तपाईंको प्रतिक्रिया