विष्णु-एलिना आज लगनगाँठो कस्दै

 बैशाख ०५, २०८१

काठमाडौँ । चर्चित गायिका एलिना चौहानले आज प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिँदै छिन् । बागलुङ निवासी सापकोटासँग उनले परम्परागत विवाह गर्न लागेकी हुन् । विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको छ।  मंगलबार उनको मेहन्दी समारोह आयोजना भएको छ । विष्णु  एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार नै झापा पुगेका छन् ।

सापकोटा दुलहाकै पहिरनमा सजिएर जन्तीसहित झापा पुगेका हुन् । एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् ।

तपाईंको प्रतिक्रिया