चेलीको ब्यथा समेटिएको तीज गित ‘काली पसम की’ सार्वजनिक

 साउन ०४, २०८१

काठमाडौं । नेपाली हिन्दूहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै तीज गीतहरू सार्वजनिक हुने क्रम जारी नै छ । यसैक्रममा चर्चित गायिका शान्ती श्री परियारको स्वरमा रहेको ‘काली पसम की’ आज मात्रै मात्र सार्वजनिक भएको छ।

छोरीको पिर ब्यथालाई समेटेर तयार पारीएको गितले सबैको मन छुने विश्वास गरिएको छ । गीतलाई प्रेम सापकोटाले लय र शब्द सिर्जना गरेका छन् भने संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ। गीतको म्युजिक भिडियोको निर्देशन जेरी भण्डारीको छ भने अभिनय स्मारीका दाहाल, जोन बम ठकुरीको रहेको छ ।

तपाईंको प्रतिक्रिया