चलचित्र ‘पूर्णबहादुरको सारंगी’ : नेपाली चलचित्रका व्यापारिक कीर्तिमान भङ्ग गर्ने सङ्केत

 कार्तिक २३, २०८१

काठमाडौं । सरोज पौडेल निर्देशित चलचित्र ‘पूर्णबहादुरको सारंगी’ मा अभुतपूर्वरुपमा दर्शक उर्लिएका छन् ।  यता दाङ नारायणपुर भिएफएक्स सिनेमाजले  सबै शाे हाउसफुल भएपछि १२ वटा शाे सञ्चालन गरेकाे छ । बिहान ५:३० देखि राति १०:०० बजे सम्मका शाे मा चलचित्र हेर्न सकिन्छ ।

याे चलचित्रले प्रदर्शनको आठौं दिनमा चलचित्रले झण्डै तीन करोडको कीर्तिमानी व्यापार गरेको छ । वितरक प्रचण्डमान श्रेष्ठका अनुसार हिजो एक दिनमै चलचित्रले २ करोड ८५ लाख ग्रस कलेक्सन गरेको हो । अहिलेसम्म कुनै पनि नेपाली चलचित्रले आठौं दिन यति कमाएको आधिकारिक रेकर्ड छैन । सातौं दिनसम्म पूर्णबहादुरको सारंगीले ८ करोड २५ लाख कलेक्सन गरेको थियो । यसमा हिजोको २ करोड ८५ लाख जोड्दा ११ करोड पुगेको छ । आजको कलेक्सन रिपोर्ट आइनसकेको श्रेष्ठले बताए ।

‘पूर्णबहादुरको सारंगी’ को कमाइको रफ्तार तत्काल घट्ने अवस्था देखिँदैन । आज चलचित्रका शो संख्या यथावत नै छ । अधिकांश शो यस चलचित्रले पाउँदा पनि दर्शकले टिकट पाउन मुस्किल छ । केही दिनपछिसम्मका शोहरु पनि सोल्ड आउट भइरहेका छन् ।

दर्शकको यो चासो र वर्ड अफ माउथ हेर्दा पूर्णबहादुरको सारंगीले नेपाली चलचित्रका सबै व्यापारिक कीर्तिमानहरु भङ्ग गर्ने निश्चित देखिन्छ । सर्वकालीनरुपमा सर्वाधिक व्यापार गर्ने नेपाली चलचित्रको किर्तिमान ‘जारी’ को नाममा छ ।

तपाईंको प्रतिक्रिया