दलित समुदायले पुर्खौली पेशा नै गर्नुपर्छ भन्ने छैन: वडाध्यक्ष रावत

 कार्तिक २७, २०८१

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले दलित समुदायको सशक्तिकरणका लागि चलचित्र ‘पूणर्बहादुरको सारंगी’ देखाएको छ । वडाले नारायणपुरस्थित भिएफएक्स चलचित्र हलमा प्रर्दशन भइरहेको चलचित्र ‘पूणर्बहादुरको सारंगी’ को टिकट काटेर दलित समुदायका ६५ जनालाई आज चलचित्र हेर्ने अवसर प्रदान गरेको हो ।

वडाले सहभागीहरूको लागि यातायातको सुविधा, नास्ता खर्चसमेत उपलब्ध गराएर आज चलचित्र पनि निशुल्क हेर्ने व्यवस्था गरेको वडा अध्यक्ष मानबहादुर रावतले बताउनुभयो । दलित समुदायले पुर्खौली पेशा नै गर्नुपर्छ भन्ने मान्यता भन्दा माथि उठेर अघि बढ्न सके सन्तानलाई माथिल्लो तहमा पनी पुग्न सकिदो रहेछ भन्ने विषय समेटिएकोले  यस तर्फ सोच्नुपर्नेवडाध्यक्ष रावतले बताउनुभयो । आमाबिना बालबालिका अलपत्र पर्ने अवस्थालाई चित्रण गरेको र बुवाले आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन सक्छन् भन्ने सन्देश दिएकोले पनि वडाका दलित समुदायमा सचेतना दिनलाई वडाले चलचित्र निशुल्क हेर्ने व्यवस्था मिलाएको वडाध्यक्ष रावतको भनाई छ ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासहित ६५ जना सहभागीहरूलाई ‘पूणर्बहादुरको सारंगी’ चलचित्र हेर्नको लागि वडाले यो अवसर प्रदान गरेको हो । उहाँले चलचित्रलाई केवल मनोरञ्जनको साधनका रूपमा मात्र नभई समाजमा रहेका विभिन्न समस्याहरूको समाधान र चेतना विस्तार गर्ने माध्यमका रूपमा हेर्न आवश्यक रहेको बताउनुभयो ।

वडाले हल सम्म लगेर चलचित्र हेर्ने बातावरण मिलाएकोमा मंगली नेपालीले खुसी ब्यक्त गरिन् । वडामा पुर्वाधार विकास सगैं चेतना जगाउन वडाबासीको चाहाना अनुसार अघि बढेकोमा जनप्रतिनिधिलाई धन्यवाद ब्यक्त गरिन् ।

 

तपाईंको प्रतिक्रिया