भुकम्प पीडित अझै टहरामा

सल्यान । सल्यानको दार्मा गाउँपालिका–५ भालुखोलाकी नविन्द्रा खड्का भूकम्प जाँदा तीन महिनाकी सुत्केरी हुनुहुन्थ्यो । भूकम्प जाँदा दुधे बच्चासँगै सुरक्षित हुनुभयो तर उहाँ बस्ने घर भने भत्कियो । सुत्केरी भएको तीन महिनादेखि नै टहरामा सर्नुभएकी उहाँ भुकम्प गएको एक वर्षसम्म पनि टहरामै हुनुहुन्छ । टहराको बसाइ उहाँको लागि कष्टकर छ ।
भालुखोलाकै पुष्पा केसी पनि भूकम्प जाँदा तीन महिनाको सुत्केरी हुनुहुन्थ्यो । बस्ने घर नै भूकम्पले भत्काएपछि उहाँले पनि कम्ता दुःख पाउनु भएन । घर भत्किएपछि झण्डै तीन महिना उहाँले टेण्टमै दिनरात बिताउनुभयो । भूकम्पको लगत्तै पाल, त्रिपाल र केही खाद्यान्न वितरण गरिएको भए पनि स्थायी बसोबासको व्यवस्था नहुँदा समस्या झनै गहिरिएको छ ।
भूकम्पका कारण जिल्लाको दार्मा गाउँपालिकामा चार हजार ८० घर, कुमाख गाउँपालिकामा एक सय ६७ घर, बागचौर नगरपालिकामा एक सय ५४ घर र त्रिवेणी गाउँपालिकामा १६ घरमा क्षति भयो । सबैभन्दा धेरै प्रभावित भएको दार्मा गाउँपालिकाका भूकम्प प्रभावित भने अझै अस्थायी टहरा निर्माणको लागि सरकारले दिने अनुदानको पखाईमा रहेको नँया युगवोध दैनिकमा बुद्धी पुनले लेखेको समाचार प्रकाशित छ ।
तपाईंको प्रतिक्रिया