फागुन १४ मा प्रदर्शन हुने ‘मायावी’को ट्रेलर सार्वजनिक

काठमाडौं । पल शाह, दीपिका प्रसाईं स्टारर रोमान्टिक ड्रामा ‘मायावी’को ट्रेलर सार्वजनिक भएको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । ३ मिनेट लामो ट्रेलरको केन्द्रमा प्रेम र त्यागको कथा छ । पोखराको परिवेशमा खिचिएको फिल्म पल र दीपिकाको प्रेम वरपर घुमेको छ । प्रेममा परेको जोडीको बीचमा आउने अवरोधको कथा यसमा छ
दिवाकर भटट्राई निर्देशित फिल्मको ट्रेलरले भ्यालेन्टाइन्स डेको मुड जगाउने पक्का छ । लभस्टोरी जनराका फिल्मको निर्माणमा कमी आइरहेको बेला ‘मायावी’ले दर्शकमाझ त्यो रिक्तता पूर्ति गर्ने आशा निर्देशकले व्यक्त गरे । फिल्ममा प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, समिम खान, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौड्याल, रवि डंगोल लगायतको अभिनय छ । फिल्मको कथा, पटकथा र निर्देशक दिवाकरकै छ । ‘मायावी’ फागुन १४ गते प्रदर्शन तयारीमा छ ।
तपाईंको प्रतिक्रिया