भुम्या पर्वले सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गरोस्: नगर प्रमुख चौधरी

 असार ०१, २०८२

तुलसीपुर । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले मगर समुदायको विशेष सांस्कृतिक चाड भूम्या पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन । शुभकामना शन्देर जारी गर्दै यस पर्वले समुदायमा आधारित संस्कृतिको प्रवर्द्धन गर्दै सामाजिक सद्भाव, आपसी सहकार्य, सहमति र अनुभवको आदान–प्रदानमा महत्त्वपूर्ण प्रेरणा दिन सकोस् भन्ने कामना गरेका छन ।

प्रकृतिले दिएको अमूल्य उपहार जल, जमिन, जीवजन्तु, जङ्गलको संरक्षण गर्दै प्रकृति र मानव जीवन बीचको गहिरो सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने भूम्या पर्वको अवसरमा आम मगर खामभाषी मगर समुदाय लगायत सबैमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु शुभकामना शन्देशमा उल्लेख गरिएको छ ।

नगर प्रमुख चौधरीले मगर समुदायका खाम भाषा संरक्षणका लागि मगर भाषाको पाठ्यक्रम तयार पारेर पढाई सुरु गरेको बताउदै सबैको पहल, एकता र जिम्मेवारीबाट दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सकिने विश्वास ब्यक्त गरेका छन । मगर समुदायले यो पर्व आज मनाउदै छन । यस अवसरमा घोराहीले सार्वजनिक विदा समेत दिएको छ ।

तपाईंको प्रतिक्रिया