लुम्बिनी प्रदेशबाट तुलसीपुर – ११ मा ३ करोड बजेट विनियोजन
तुलसीपुर । लुम्बिनी प्रदेशको रातो किताब सार्वजनिक भएको छ । गएको १ असारमा अर्थमन्त्री धनेन्द्र कार्कीले संसदमा बजेट प्रस्तत गरेका थिए । सोही अनुसार आगामी आर्थिक बर्ष २०८२र०८३ को बजेट बार्षिक योजनाहरुको रातो किताब विहीबार मात्रै सार्वजनिक गरिएको हो । जसमा प्रदेशका जिल्लामा विभिन्न योजनाहरु समेटिएका छन । यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा विभिन्न १७ बढि योजनाहरु परेका छन ।
जसमा पर्यटकिय क्षेत्रका रुपमा विकासका लागि दंगिशरण थारु राजाकोट दरबार संरक्षणमा १ करोड, बेलगनारी कालिमाटी नवलपुर सडकमा कलभर्ट निर्माण २० लाख , क्वाङ खोलामा कलभर्ट निर्माण २० लाख, उरहरी डबरा,बेल्टाकुरा,मोतिपुर सुकौरा सडक २० लाख, कटाहा बेल्टाकुरा सडक २० लाख, शान्ती मा बि नवलपुर मर्मत सुधार १५ लाख, झमरिया बाध कुलो निर्माण १० लाख, हस्नापुर घोडी चिरो संरक्षण १० लाख, जस्पुर प्रहरी चौकी हुँदै मा बि चन्द्रोदय जाने सडक १० लाख , नवलपुर सामुदायिक भवन निर्माण १० लाख , जेष्ठ नागरिक प्रीगाउ भौतिक सुधार,पर्खाल निर्माण १० लाख, जेष्ठ नागरिक दिवासेवा केन्द्र भौतिक सुधार १० लाख, मोतिपुर मोति सामुदायिक बनमा चिल्ड्रेन पार्क ५ लाख, हस्नापुर सिंचाइ कुलो मर्मत ८ लाख , हस्नापुर स्यालो ट्युबवेल ७ लाख, महेश्वर शिव मन्दिर संरक्षण प्रीगाउ ५ लाख, बेलगनारी कालुराम चौधरीको मेडिकल नेर गेट निर्माण ५ लाख बजेट विनियोजन भएको छ ।
यसैविचि बजेट विनियोजन गरि वडाको विकासको लागि भुमिका खेलेकोमा वडाध्यक्ष मान बहादुर रावतले मुख्यमन्त्री चेतनारायण आचार्य लगायत प्रदेश मन्त्री प्रति हार्दिक धन्यवाद ब्यक्त गरेका छन । जनताको तिव्र इच्छा चाहाना रहेकोले पुरा गर्न आफु लागि परेको वडाध्यक्ष रावतको भनाई छ । विकास प्रेमी जनप्रतिनिधिका रुपमा परिचित रावतको वडामा यस बर्ष पनि प्रदेश सरकारबाट ३ करोड परेको छ ।



तपाईंको प्रतिक्रिया