तुलसीपुरको बजेट २ अर्ब ६ करोड
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले २ अर्ब ६ करोड ६६ लाख बराबरको बजेट प्रस्तुत ल्याएको छ । यो बजेट पोहर साल भन्दा १ करोड कम बजेट हो । आज उपप्रमुख श्यानी चौधरीले बजेट प्रस्तुत गरेकी हुन । नगरसभाको १७औं अधिवेशनमा चौधरीले आगामी आर्थिक बर्ष २०८२र/८३ का लागि चालु आर्थिक बर्षको भन्दा झन्डै १ करोड कम बजेट प्रस्तुत गरेकी हुन । उपमहानगरपालिकाले चालु खर्चतर्फ ६५.०८ प्रतिशत अर्थात् १ अर्ब ३४ करोड ५१ लाख र पुँजीगततर्फ ३२.९० प्रतिशत अर्थात् ६७ करोड ९९ लाख ९३ हजार ८५५ रुपैयाँ विनियोजन गरेको हो । असार ८ गते नगर प्रमुख टिकाराम खड्काले सार्वजनिक गरेको निति तथा कार्यक्रमलाइ समेट्दै आज बजेट सार्वजनिक भएको हो ।
१७ पृष्ठ लामो बजेटमा कृषि, शिक्षा, श्वास्थ्य तथा पुर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । आन्तरीक राजश्व तर्फ ५२ करोड,स्थानिय तह राजश्व बाडफाड १५ करोड,ढुगाँ गिट्टी राजश्व ५ करोड आम्दानी अनुमान गरिएको छ ।



तपाईंको प्रतिक्रिया