शान्तिनगर गाँउपालिकाले २० युनिट सम्मको विद्युत महशुल तिरिदिने
तुलसीपुर । शान्तिनगर गाउँपालिकाले ४८ करोड ९७ लाखको बजेट ल्याएको छ । गाउ सभाको १८औ अधिबेशनको पहिलो बैठकमा उपाध्यक्ष प्रेमा बुढाथोकीले उक्त बजेट सार्वजनिक गरेकि हुन । नागरिकले २० युनिट सम्म बिजुली प्रयोग गरे बापतको महसुल गाउँपालिकाले तिर्ने व्यबस्था गरेको छ ।
यसका साथै यस बर्ष गाँउपालिकाभित्र बसोबास गरी डाक्टर, पाइलट अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरिएको अध्यक्ष प्रमोद बस्नेतले बताए । साथै पालिकाबासी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई मासिक रुपमा भत्ता उपलब्ध गराउने निर्णय निर्णय भएको अध्यक्ष बस्नेतले बताए ।



तपाईंको प्रतिक्रिया