उरहरीमा शनिवारका दिन योग तथा जुम्बा डान्स हुदै
उरहरीमा शनिवारका दिन योग तथा जम्बा डान्स हुदै
तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका–११ स्थित अमर माध्यमिक कार्यक्रम हुने भएको छ। “स्वास्थ्यका लागि योग” भन्ने नाराका साथ आउँदो असार १४ गते (शनिबार) बिहान ५ बजेदेखि ६ बजेसम्म सो कार्यक्रम सञ्चालन हुने वडा अध्यक्ष मान बहादुर रावतले जानकारी दिए ।
स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी हुन सम्पूर्ण वडा वासीलाई अध्यक्ष रावतले आग्रह गरेका छन् । त्यस अवसरमा प्रातकालिन हिडाई, योग तथा जुम्बा डान्सका अभियान्ता डाक्टर किशोर खत्रीको उपस्थिती रहने छ ।
वडा कार्यालयमा डा. खत्रीलाई स्वागत गर्दै वडाध्यक्ष रावतले शनिवारका दिन हुने जुम्वा डान्सको लागि सफल बनाउन अनुरोध गरेका छन ।



तपाईंको प्रतिक्रिया