एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई सहित सम्मान

 असार १६, २०८२

तुलसीपुर । तुलसीपुर -११ स्थित यस अमर माध्यमिक विद्यालय उरहरीले एसईईमा उत्तीर्ण विद्यार्थीलाई बधाई दिदै तथा सम्मान गरेको छ । विद्यालयमा एक कार्यक्रमका विच टिका खादा लगाएर सम्मान गर्दै बधाई ज्ञापन गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षता तथा वडा नम्बर ११ का वडाध्यक्ष मान बहादुर रावतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रावतले विद्यार्थीलाई बधाई दिदै उच्च शिक्षा अध्ययन गर्दा सोच विचार गरेर उद्देश्य पुरा गर्ने गरि अघि बढ्न शुभकामना दिएका थिए । उनले शिक्षाका सुधारका लागि निरन्तर लागि रहेको उल्लेख समेत गरेका थिए । विद्यार्थी अनुपातमा शिक्षक र विषयगत शिक्षकको व्यवस्थापन काम गरेको हुदा सामुदायिक विद्यालयको नतिजा सुधार तर्फ अघि बढेको बताएका थिए ।

कार्यक्रममा विद्यालयका पुर्व अध्यक्ष लोकजंग शाह, प्रधानाध्यापक पदम बहादुर वली,विद्यार्थी कमल खत्री लगातयले अमर माविले हरेक बर्ष नतिजा सुधार गर्दै लगेकोमा विद्यार्थी तथा शिक्षक अभिभावकलाई धन्यवाद ब्यक्त गरेका थिए । विद्यार्थीको लगनशिलता, अभिभावक र शिक्षकको मार्गदर्शनले सफलता मिलेको बताएका हुदा आगामी दिनमा पनि निरन्तता दिनुपर्ने बताएका थिए ।

विद्यालयका निमावि तह कोर्डिनेटर निर्मल कुमार वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण मावि तह कोर्डिनेटर यज्ञ बहादुर अधिकारीले गरेका थिए । विद्यालयबाट यस बर्ष ९२ जना सहभागि भएकोमा ८९ जना उत्तीर्ण गरेका छन । जसमा ३.६ देखि ४.० जिपिए ल्याउनेको संख्या ९ रहेको छ ।

 

तपाईंको प्रतिक्रिया