अनुदानमा कृषि औजार पाउदा कृषक खुसी

 असार २४, २०८२

तुलसीपुर । दाङको तुलसीपुर उप–महानगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई कृषी औजार वितरण गरेको छ । तुलसीपुरका विभिन्न वडामा रहेर कृषी पेशामा आबद्ध किसानलाई फर्म तथा सहकारीमार्फत कृषी औजारका सामाग्री वितरण गरिएको हो । जसअन्र्तगत ८० वटा मिनि ट्रेलर (हाते ट्याक्टर) ७ वटा चाप कटर र ३ वटा दाना पिस्ने मेसिन लगाएतका सामाग्रीहरु वितरण गरिएको हो ।

उपमहानगरपालिकाको प्रांगणमा एक कार्यक्रममा बिच नगर प्रमुख टिकाराम खड्काले उक्त सामाग्रीहरु वितरण गरेका हुन । कृषी औजार वितरण गर्दै नगर प्रमुख खड्काले किसानहरुलाई आफुले पाएको सामाग्रीको सही रुपमा सदुपयोग गर्न आग्रह गरे । बाहिर बजारमा ८० हजार पर्ने मिनि ट्रेलरलाई उपमहानगरपालिकाले ४८ हजारका दरले खरिद गरेर ५० प्रतिशत अनुदान अर्थात किसानलाई २४ हजार मात्रै पर्ने गरी वितरण गरिएको उपमहानगरका पशु शाखाका डा.मनोज ओलीले जानकारी दिए ।

यता कृषी औजारका सामाग्रीहरु पाएपछी कृषकहरु पनी खुसी भएका छन् । बास्तविक किसानलाई छनौट गरेर सामाग्री वितरण गरेको भन्दै उनीहरुले खुसी व्यक्त गरेका हुन् । यसले गर्दा आफुहरुलाई कृषी पेशामा थप हौसला प्राप्त भएको उनीहरुले बताएका छन् ।

तपाईंको प्रतिक्रिया