अम्बेश्वरी माविमा सरस्वती मन्दिरको शिलान्यास
तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ अम्वापुरमा रहेको अम्बेश्वरी माध्यमिक विद्यालयमा सरस्वती मन्दीरको शिलान्यास भएको छ । विद्यालयमा आज एक कार्यक्रमका विच जागेश्वर वलीले शिलान्यास गरेका थिए । विधिवत रुपमा मन्दीरको शिलान्यास गर्दै वलीले विद्यालयको विकासका लागि सक्दो सहयोग गर्ने बताएका थिए । २०२७ सालमा स्थापना भएको विद्यालयमा सरस्वती मन्दीर नभएपछि शिक्षक अभिभावक संघका सदस्य प्रकाश विकले पहल थालेका थिए ।
उनले कांग्रेस नगर सभापति शुरेस हमाल समक्ष पुगेर मन्दीर निर्माणको लागि सहयोग मागेका थिए । त्यसपछि राप्ति परोपकार दाङका सल्लाहकार समेत रहेका हमाल लगायतको टिमले मन्दीर निर्माण गरिदिने भएको हो । गएको जेठको अन्तिम तिर हमाल सहितको टिमले विद्यालयमा पुगेर मुर्ति हस्तान्तरण गरिसकेको छ । शिलान्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक थानेश्वर आचार्य, विव्यस पदाधिकारी स्थानिय लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण शिक्षक निम प्रसाद न्यौपानेले गरेको विद्यालयका लेखापाल किरण परियारले जानकारी दिएका छन ।



तपाईंको प्रतिक्रिया