तेक्वान्दो संघको विवाद अन्त्य

 साउन १७, २०८२

दाङ । नेपाली तेक्वान्दो संघमा देखीएको विवाद अन्त्य भएको छ । नेपाली तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, खेलकुद विकास विभाग समन्वय शाखा, राखेप संघ संस्था समन्वय शाखा र राष्ट्रिय तेक्वान्दो संघ नेपालका संयोजक महेश्वर फुयाललाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदनको सुनुवाईमा अदालतले फैसला गरेको पुर्णपाठ सार्वजनिक भएसंगै तेक्वान्दो संघको विवाद अन्त्य भएको हो । नेपाल तेक्वान्दो संघ हुदाहुदै महेश्वर फुयालले सोहि प्रकृतिको राष्ट्रिय तेक्वान्दो संघ गठन गरेपछि अदालतमा निवेदन परेको थियो ।

सोहि निवेदन माथी सुनुवाई गर्दै उच्च अदालत पाटनले २०८१ पुष २४ गते फैसला गरे पनि फैसलाको पूर्णपाठ सार्वजनिक भएको थिएन । तर अदालतले सो बारे साउनको पहिलो साता पुर्णपाठ सार्वजनिक भएको नेपाल तेक्वान्दो संघ दाङका सचिव बम बहादुर विकले जानकारी दिनुभयो । अदालतको पुर्णपाठ आएसगै अब तेक्वान्दो संघबारे अन्यौलता समाप्त भएको उहाले जानकारी दिनुभयो ।

उच्च अदालत पाटनले निवेदक संघ ९नेपाल तेक्वान्दो संघ० यथावत रुपमा रहिरहेको अवस्थामा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २२ ९२० ९५० बमोजिम एउटा खेलको लागि एउटा मात्र खेल संघ गठन हुनुपर्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने सन्दर्भ वा एक भन्दा बढी संघ सक्रिय रहेको अवस्थामा परिषदका पदाधिकारीहरुले ऐन अनुसार समन्वयकारी भूमिका निर्वाह गर्नु पर्नेमा विपक्षी महेश्वर फुयालको संयोजकत्वमा गठन गरेको तदर्थ समिति राष्ट्रिय खेलकुद विकास ऐनले गरेको कानुनी व्यवस्था अनुकुल नरहेको उल्लेख गर्दै फैसला सुनाएको हो ।

अदालतबाट मिति २०७९ चैत्र २२ को रिट नम्बरको उत्प्रेषण परमादेश समेतको रिटमा निवदेकको दर्ता कायम राखि निवेदकलाई पूर्वतः रुपमा काम कारवाही गर्न पाउने गरि परमादेश समेत जारी भएको थियो । परिषदका सचिवद्वारा ऐनको दफा १८ ले तोकेको अधिकार भन्दा बाहिर गई गठन गरेको तदर्थ समिति कानुन सम्मत मान्न मिल्ने नदेखिदा उक्त २०८० फागुन १७ को निर्णय एवम् तदर्थ समिति गठन गरेको कार्य र सो उप्रान्त भएका पत्राचार तथा काम कारवाहीहरु उत्प्रेषणको आदेशद्वारा बदर गरिएको अदालतको पुर्णपाठमा उल्लेख छ । साथै विगतमा अन्य जिल्लामा राष्ट्रिय तेक्वान्दो संघ गठन भएता पनि दाङमा भने नेपाल तेक्वान्दो संघ मात्रै रहेको उहाले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया