तुलसीपुर कारागारबाट १ सय २४ कैदीबन्दी

 भदौ २४, २०८२

तुलसीपुर । तुलसीपुर कारागारका एक सय २४ कैदी जेल तोडेर भागेका छन् ।बेलुकी पाँच बजेतिर कारागारको मुल गेटको पर्खाल तोडेर उनीहरु भागेका हुन । कारागार भित्र हो–हल्ला गर्दै गेट तोड्न खोजेपछि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले हवाइ फायर गरेपनि उनीहरु भाग्न सफल भएको कारागार प्रमुख कारागारका प्रमुख गिरबहादुर सेजुवालले बताए ।

एउटा ब्लकमा बसेका कुल एक सय ७९ कैदी बन्दी मध्य एक सय २४ जना जेल तोडेर भागेपनि थप ५५ जना भने आँफुहरु नजाने भन्दै कारागार भित्रै अनुसासित भइ बसेका कारागार प्रमुख सेजुवालले बताए । बाहिरका कुनै आन्दोलनकारी कारागारमा भने गएका थिएनन् । काठमाडौंमा ठूलो संख्यामा आन्दोलनकारी पुगेर रबि लामेछानेलाई जेलबाट निकालेर लगेपछि तुलसीपुर कारगारमा रहेका कैदी बन्दीहरुले पनि कारागार भित्र हो–हल्ला गर्दै गेट तोडफोड गरि भागेका थिए ।

तपाईंको प्रतिक्रिया