तुलसीपुर उपहानगरपालिकाले पहिरो हटाएपछि आवतजावतमा सहज

 असोज ०३, २०८२

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले घोराही हापुर हुदै रक्षाचौर आँखा अस्पताल सडकखण्ड अन्र्तगत पर्ने तुलसीपुर ४ प्यालबित्ति उकालोमा खसेको पहिरो हटाएको छ ।

लगातार बर्षातका कारण गत बुधवार राती सडक माथीबाट पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो । पुर्ण रुपमा अबरुद्ध भएको बाटोमा स्थानियले केहि पहिरो पन्छाएर अटो र मोटरसाईकल आवतजावत गर्न आंशिक रुपमा सुचारु भएकोमा शुक्रवार तुलसीपुर उपहानगरपालिकाको यान्त्रिक शाखाबाट जेसीवी प्रयोग गरी पहिरो हटाएको कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो ।

पहिरो हटाएपछि अहिले पुर्ण रुपमा बाटो खुलेको उहाले जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया