तुलसीपुर -२ मा पिकनिक स्थल निर्माण

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं २ एकता टोल बिकास सस्थामा निर्मित पिकनिक स्थलको उद्घाटन गरिएको छ । वडा कार्यालयको नब्बे हजार र नेपाल मगर संघ तुल्सीपुर २ को कार्यसमितिले गत बर्ष भैलो कार्यक्रमबाट उठेको रकमबाट पिकनिक स्थर्ल निर्माण गरिएको थियो । आज एक औपचारिक कार्यक्रम बिच वडाध्यक्ष भिम योगीले रिवन काटेर समुदघाट्न गरेका हुन ।
कार्यक्रम नेपाल मगर संघ तुल्सीपुर २ का अध्यक्ष दुर्गा बहादुर ठाडा मगरको सभा अध्यक्षता तथा वडा अध्यक्ष भिम योगी प्रमुख अतिथित्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि योगीले सबै जातजाती र भेषभूषालाई सम्मान सबै समुदाय, संस्कृतिहरू र परम्परालाई जोगाउनुपर्ने बताएका थिए । त्यस अवसरमा वडा सदस्य हुमा घर्ति मगर, जेष्ठ नागरीक पिम्लाल डाँगी लगायतकाे सहभागिता रहेको थियो ।
समितिका सदस्य कृष्ण बहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण समितिका सचिव भस्ट बहादुर राणाले गर्नुभएको थियो ।
तपाईंको प्रतिक्रिया