नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

 असोज १८, २०८२

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । यसैगरी मुग्लिन–नागढुंगा सडकखण्ड पनि अवरुद्ध भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्डअन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खस्दा बाटो दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पानी परिरहेको र ढुंगा–माटो झर्ने क्रम जारी रहेकाले सडक खुलाउने प्रयास हुन सकिरहेको छैन । बाटो अवरुद्ध हुँदा दसैँको टीका लगाउन जाने र काठमाडौं फर्कनेको बिचल्ली भएको छ ।

यी सडकखण्डमा पटक–पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदा यात्रुहरूले सास्ती पाउनु सामान्य बस्दै गएको छ ।

तपाईंको प्रतिक्रिया