पाँचथरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ । पाँचथरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । यस्तै अन्य ६ जना यात्रुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । यस्तै घाइतेमध्ये ५ जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र १ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको पाँचथरका डिएसपी अनिशकुमार कर्णले जानकारी दिए ।
शनिबार मध्याह्न तमोर करिडोर अन्तरगत कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा पिकअप गाडी दुर्घटना भएको थियो ।
तपाईंको प्रतिक्रिया