मनसुनजन्य विपद् : देशभर ३९ जनाको मृत्यु

 ४ घण्टा अगाडि

काठमाडौं । शुक्रबारदेखि मनसुनजन्य विपद्मा परेर ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । कोशी प्रदेशमा ३६ र मधेशमा ३ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकले जनाएको छ । देशभरि बेपत्ता हुनेको संख्या ११ छ भने १३ जना घाइते छन् ।

इलाममा पहिरोका कारण २७ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् । उदयपुरमा पनि बाढी पहिरोका कारण २ जनाको मृत्यु र एकजना घाइते छन् । खोटाङमा चट्याङबाट एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते छन् । भोजपुरमा चट्याङबाट २ जना घाइते छन् ।

पाँचथरमा सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । मधेशमा रौतहटमा चट्याङबाट ३ जनाको मृत्यु भएको छ। बारामा १, रसुवामा ४, काठमाडौंमा १ जनालाई नदीले बगाएको छ । मकवानपुरमा चट्याङबाट एकजना घाइते छन् ।

तपाईंको प्रतिक्रिया