तुलसीपुर -११ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुदै

 असोज २४, २०८२

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । प्रतियोगिता असोज  २८ देखि ३१ गते सम्म सन्चालन हुने वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिए |  खेल क्षेत्रको विकासमा प्रतिबद्ध रहेको बताउदै क्षमतावान युबा पहिचानका लागि प्रतियोगिता सन्चालन गर्दै आएको वडाध्यक्ष रावतको भनाइ छ ।

अमर मावि उरहरिमा हुने प्रतियाेगितामा सहभागिता जनाउन जन्मदर्ता सहित २७ गते भित्र वडामा टिम दर्ता गर्नुपर्ने वडा सचिव पदम भण्डारी बताए |   प्रतियोगितामा प्रथम हुनेले मेडल सहित नगद ३५ हजार, दोस्रो हुनले २५ हजार रुपैया प्राप्त गर्नेछन ।

तस्विर गत बर्षकाे विजेता टिम

तपाईंको प्रतिक्रिया