उरहरी बजार सहित तीन स्थानमा राखियो सिसिटिभि क्यामेरा

 कार्तिक ०२, २०८२

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले उरहरी बजार सहित तीन स्थानमा सिसिटिभी जडान गरेको छ । चोरी तथा दुर्घटना नियन्त्रण गर्नुका साथै अपराधिक घटनाको अनुसन्धानमा सहज बनाउनका वडा कार्यालयले सिसिटिभी जडान गरेको हो । उरहरी बजार क्षेत्रका व्यवसायी लगायतको माग अनुसार सिसिटिभी जडान गरेको वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिए । बजार क्षेत्रमा हुने चोरी तथा दुर्घटनाका दोषी पत्ता नलाग्ने गरेको हुदा सहजताका लागि क्यामरा जडान गरिएको उनले बताए ।

उरहरी बजारमा ४, जनबहार चोकमा २ र जसपुर चौकीमा २ वटा सिसिटिभी क्यामरा जडान गरिएको हो । सिसिटिभी क्यामेरा नहुँदा घटना घटेपछि अनुसन्धान, दोषी पहिचान र घटनाको कारण पत्ता लगाउन सहयोग हुने र आपराधिक घटना पनि कम हुने अपेक्षा गरिएको छ । झण्डै तीन लाख रुपैया लागतमा क्यामेरा जडान गरिएको हो ।

त्यस अवसरमा बोल्दै रुकुम बाफिकोट गाउपालिकाका अध्यक्ष तथा स्थानिय जनक कुमार बाँठाले वडाले अभिभावकिय भुमिका खेल्दै व्यवसायी तथा स्थानियको माग सम्बोधन गरेकोमा धन्यवाद ब्यक्त गरे । सुरक्षाका दृष्टिकोणले यो कार्य अत्यन्तै उत्कृष्ट भएको स्थानिय व्यवसायी समेत रहेका बालकृष्ण लामिछानेले बताए ।

क्यामराको मोनिटर प्रहरी चौकी जसपुरमा राखिएको छ ।

 

 

 

 

तपाईंको प्रतिक्रिया