न्यायालयमाथिको आक्रमण: कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र- पोखरेल
दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन्जी आन्दोलनका नाममा न्यायालय र प्रहरी माथि आक्रमण भएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको दाबी गर्दै नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गर्नुभयो ।
त्यसैगरी उहाँले वर्तमान सरकार एनजिओ र आइएनजिओको भएको समेत बताउनुभयो । नेपालको संविधानले गैह्र सरकारी संस्थालाई आन्दोलनको स्टेक होल्डर बन्ने परिकल्पना नगरेको दाबी गर्दै आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावमा त्रास फैलाउने बताउनुभयो ।



तपाईंको प्रतिक्रिया