चाैथाे टी–२० क्रिकेटमा भारतले अस्ट्रेलियालाई ४८ रनले हरायाे

 कार्तिक २१, २०८२

काठमाण्डाै । चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले घरेलु टोली अस्ट्रेलियालाई ४८ रनले हराएको छ । भारतले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १८ ओभर २ बलमा १ सय १९ रन बनाउँदा सबै विकेट गुमायो । अस्ट्रेलियाका कप्तान मिचेल मार्शले ३०, म्याथ्यू शर्टले २५ रन बनाए । भारतका वाशिङ्गटन सुन्दरले ३ विकेट लिए । यसअघि क्वीन्सल्यान्डको कारारा रङ्गशालामा टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनायो । भारतका शुभमन गिलले ४६, अभिषेक शर्माले २८ रन बनाए ।

अस्ट्रेलियाका नाथल एलिस र एडम जाम्पाले ३/३ विकेट लिए । योसँगै भारतले पाँच खेलको शृङ्खलामा २–१ को अग्रता लिएको छ । पहिलो खेल वर्षाका कारण नतिजाविहीन बनेको थियो भने दोस्रो खेल अस्ट्रेलिया र तेस्रो खेल भारतले जितेको थियो । अब शृङ्खलाको पाँचौं तथा अन्तिम खेल पर्सि शनिवार हुनेछ ।

तपाईंको प्रतिक्रिया