बेलझुण्डी खानेपानीमा अनुगमन र सुरक्षा समिति गठन
बिजाैरी | बेलझुण्डी खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थामा अनुगमन समिति र खानेपानी सुरक्षा उपसमिति गठन गरिएकाे छ ।
संस्थाका उपाध्यक्ष मनकुमारी महतकाे संयाेजकत्वमा सात सदस्यीय अनुगमन समिति गठन गरिएकाे छ । सदस्यहरू वसन्त थापा,गाेकर्ण पाैडेल,मदन बस्नेत,गिरीराज खड्का,मीना राेका र ताराकुमारी राना रहनुभएकाे छ । साथै अनुगमनका क्रममा उपभाेक्ताहरूबाट कुनै त्रुटी भए नियमअनुसार कार्वाही गरिने समेत निर्णय गरिएकाे छ ।
खानेपानी सुरक्षा याेजना उपसमिति मुकेश वलीकाे संयाेजकत्वमा गठन गरिएकाे छ । सदस्य सचिवमा गाेकर्ण पाैडेल सदस्यहरूमा विक्रमबाबु केसी, प्रेमबहादुर घर्ती,शारदा केसी,सङ्गीता महरा,चन्द्रा वली , स्वास्थ्यतर्फ : प्रादेशिक आर्युवेद चिकित्सालय र शिक्षातर्फ माध्यमिक विद्यालय मानपुरका प्रधानाध्यापक दिपेश गुप्ता राख्ने निर्णय गरिएकाे सचिव मुकेश वलीले जानकारी दिनुभयाे ।
साथै उपसमितिलाई उपभाेक्ताहरूलाई सुरक्षित खानपानी पुर्याउनका लागि अल्पकालीन र दीर्घकालीन याेजना तर्जुमा गर्ने गरि जिम्मेवारी दिइएकाे छ । संस्थाका अध्यक्ष प्रदीप गाैतमकाे अध्यक्षतामा बैठक सम्पन्न भएकाे सचिव मुकेश वलीले जानकारी दिनुभयाे |



तपाईंको प्रतिक्रिया