शिक्षक संगठन तुलसीपुरको पाँचौ नगर परिषद्
तुलसीपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुर नगर समितिको पाँचौ नगर परिषद् आज सम्पन्न भएको छ । नगर अध्यक्ष होमराज डागीको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा परिष्द सम्पन्न भएको हो ।
त्यस अवसरमा संगठन जिल्ला अध्यक्ष मिनराज शर्मा,जिल्ला सल्लाहकार नवराज डाँगी,पुर्व नगर अध्यक्ष पदम बहादुर वली,घोराहीका प्रतिनिधि केशव खत्री लगायतले बोलेका थिए । बक्ताहरुले संगठनलाई अझै मजबुत बनाएर अगाडि बढ्न सुझाव दिएका थिए । संगठनले रचनात्मक कामलाई समेत निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
संगठनको नगर सचिवालय सदस्य पदम खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल राष्ट्रिय शिक्षक संगठन नगर सचिव मधु नेपालीले गरेका थिए ।



तपाईंको प्रतिक्रिया