अप्टिमिष्ट क्लबद्धारा दिदी घर संस्थामा न्यानो कपडा बितरण

 १६ घण्टा अगाडि

तुलसीपुर ।

अप्टिमिष्ट क्लब अफ तुलसीपुरले दिदी घर संस्थामा न्यानो कपडा बितरण गरेको छ । सामाजिक कार्य अन्र्तगत आज संस्थामा बस्दै आएका बालबालिकाको लागि न्यानो कपडा वितरण गरेको हो । संस्थामा आयोजित एक कार्यक्रममा न्यानो कपडा तथा कम्बल प्रदान गरिएको हो ।

क्लवका अध्यक्ष नोबेल डिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका उप प्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्य एवं इन्टरनेसनल डिस्ट्रिक्ट लेफ्टिेलेन्ट गवर्नर मानबहादुर बस्नेतको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको हो ।

उपाध्यक्ष डम्बर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दीपक बोहराले गरेका थिए । क्लवले केहि दिन अघि मात्रै तुलसीपुर १३ का सामुदायिक विद्यालयमा न्यानो कपडा वितरण गरेको थियो ।

तपाईंको प्रतिक्रिया