तुलसीपुर वृहत सिकाई मेला अम्बश्वेरी माविमा हुदै

 पुष ०२, २०८२

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले बृहत सिकाई मेला २०८२ को आयोजना गर्न लागेको छ । तुलसीपुर १३ स्थित अम्बेश्वरी माबि अम्बापुरमा यहि पुस १८ गते सिकाई मेला सञ्चालन हुन लागेको हो । उपमहानगरकाे  आयोजना र अम्बेश्वरी माध्यमिक विद्यालयको व्यवस्थापनमा एकदिने तुलसीपुर बृहत सिकाई मेला सञ्चालन हुन लागेको हो ।

मेलामा तुलसीपुरमा रहेका विद्यालयका विद्यार्थीले आफुले गरेका परियोजना कार्य समेट्ने र विद्यार्थीहरुलाई ब्यबहारिक सिकाई सिकाउने, विद्यालय भित्र तथा बाहिर शिक्षण सिकाई गर्दा आवश्यक पर्ने ब्यबहारिक ज्ञान प्रदान गर्ने मुख्य उद्देश्य रहेको शिक्षा महाशाखा प्रमुख चक्र बहादुर भण्डारीले जानकारी दिए । मेलामा शिक्षण सिकाइका बारेमा विभिन्न खालका स्टलहरु राखिने उनले जानकारी दिए ।

यसैविच व्यवस्थापनको जिम्मा पाएको अम्बेश्वरी माध्यमिक विद्यालयलले तयारी थालेको छ । विद्यार्थीले नयाँ कुरा सिक्ने र क्षमता प्रर्दशन गर्न महत्व राख्ने बृहत सिकाई मेलाको तयारी थालिएको विद्यालयका प्रधानाध्यापक थानेश्वर आचार्यले बताए । कार्यक्रम तथा विद्यार्थीको लागि स्टल राख्ने स्थल सरसफाई देखि लिएर आर्थिक व्यवस्थापन र निमन्त्रणा पठाउने काम थालिएको प्रधानाध्यापक आचार्यले बताएका छन ।

उक्त मेलामा तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालयका शिक्षक,विद्यार्थी र अभिभावकहरुको सहभागिता रहने बताइएको छ ।

तपाईंको प्रतिक्रिया