तुलसीपुर सिकाई मेलामा साहित्यकार नवराज लम्साल आउने
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको बृहत सिकाई मेला २०८२ मा प्रमुख बक्ताको रुपमा साहित्यकार तथा बरीष्ठ सञ्चारकर्मि डाक्टर नवराज लम्साल आउन लागेका छन । तुलसीपुर १३ स्थित अम्बेश्वरी माबि अम्बापुरमा यहि पुस १८ गते हुने सिकाई मेलामा उत्प्रेरणात्मक बक्ताका रुपमा डाक्टर लम्साल आउन लागेको प्रधानाध्यापक थानेश्वर आचार्यले जानकारी दिए । मदन पुरस्कार विजेता लम्सालका महाकाव्य,कविता संग्रह,गिती संग्रह प्रकाशित रहेका छन ।

उपमहानगरको आयोजना र अम्बेश्वरी माध्यमिक विद्यालयको व्यवस्थापनमा एकदिने तुलसीपुर बृहत सिकाई मेला सञ्चालन हुन लागेको हो । मेलामा शिक्षण सिकाइका बारेमा विभिन्न खालका स्टलहरु राखिने हुदा त्यसको तयारी थालिएको विद्यालयले जनाएको छ । उक्त मेलामा तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालयका शिक्षक,विद्यार्थी र अभिभावकहरुको सहभागिता रहने बताइएको छ ।



तपाईंको प्रतिक्रिया