तुलसीपुर सिकाई मेला: ब्लड ग्रुप जाच देखि लिएर मकै छेडाउने मेसिनसम्म

 पुष १८, २०८२

तुलसीपुर । ‘तुलसीपुर बृहत सिकाई मेला–२०८२’ मा विद्यार्थीहरुले विभिन्न खालका सिकाइ प्रदर्शन गरेका छन । तुलसीपुर उपमहानगरपालिका र वडा नम्बर –१३ स्थित अम्बेश्वरी माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सम्पन्न भएको सिकाई मेलामा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले आफ्नो ज्ञान सिप प्रदर्शन गरेका थिए ।

उनिहरुले विद्युतीय सामग्रीको प्रदर्शनी, चित्रकला, श्वास्थ्य चेकजाच, खाना परिकार लगायत विभिन्न सामग्री प्रर्दशन गरेका छन् ।

ग्रेट अरनिको विद्यालयमा एचएम पढ्ने विद्यार्थीले बर्गर,चिप्स लगायतका परिकार प्रदर्शनिका रुपमा राखेका थिए । त्यस्तै मेट्रो कलेजका विद्यार्थीले राखेको मकै छेडाउने मेसिन हेर्नेको भिड थियो । मेकानिकल ईन्जियर तर्फ अध्ययनरत विद्यार्थी अनन्त गिरीले निर्माण र मकै कसरी छेडाउन सकिन्छ यसबारेमा बताउने गरेका थिए ।

त्यसैगरी अमर माध्यमिक विद्यालयका विद्यार्थीले ब्लड ग्रुप जाच गरिरहेका थिए । उनिहरुले १ सय ५० बढिको जाच गरिएको विद्यार्थी निकिता विश्वकर्माले बताईन । यसरी सामुदायिक तथा संस्थागत गरी ३० वटा विद्यालयले स्टल मार्फत सिकाई प्रदर्शन गरेका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गीता केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले सकारात्मक सोचको विकास गरी सभ्य समाज निर्माणका लागि विद्यालय तहमा योग तथा स्काउट शिक्षामा जोड दिएको बताएका थिए ।

सिकाइ मेलाका प्रमुख वक्ताका रुपमा रहेका साहित्यकार डाक्टर नवराज लम्सालले बालबालिकालाई घर देखि नै उचित संस्कार दिनुपर्ने बताएका थिए । आफुलाई बदल्न आफ्नो आनिबानी परीवर्तन गर्न उनले सुझाव दिएका थिए । बालबालिकालाई प्रविधि संग जोडेर सकारात्मक ज्ञान सिपको प्रदान गर्नु आजको आवस्यकता रहेका उनले बताएका थिए ।

कार्यक्रममा बोल्दै कलाकार हरीबंश आचार्यले सिकाई मेलाले सिप प्रदान गरि स्वरोजगार बन्न प्रेरीत गर्ने बताएका थिए । सिकाई मेलाले विद्यार्थीमा नँया ज्ञान तथा सीपको विकास गरेको उनले बताएका थिए ।

विद्यालयका प्रधानाध्यापक थानेश्वर आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका पुर्व नगर प्रमुख घनश्याम पाण्डे,उप प्रमुख स्यानी चौधरी, सामाजिक विकास समिति संयोजक मान बहादुर रावत, १३ नम्बर वडा सदस्य बिमला शर्मा लगायतले बोलेका थिए ।  कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम सगैं मोडेल आशा विश्वकर्माको प्रस्तुती समेत रहेको थियो । त्यसैगरी कार्यक्रम सफल बनाउन सहयोग गर्ने दाता तथा सहभागी विद्यालयलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण न्यौपानेले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन शिक्षकहरु लक्ष्मी अर्याल र निम बहादुर न्यौपानेले गरेका थिए ।

तपाईंको प्रतिक्रिया