बेलझुण्डी खानेपानी संस्थाद्वारा प्रहरी र बैंक प्रमुखलाई सम्मान
बिजौरी | दाङ बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष प्रदीप गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी चौकी हेमन्तपुरका इन्चार्ज वरिष्ठ सई दलबहादुर बुढा र कुमारी बैंक बिजौरी शाखाका प्रमुख निसान चौधरीलाई सम्मान गरिएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले तुलसीपुर उपमहानगरपालिका–१६, १७, १८ र १९ वडामा २ हजार १ सय धारा वितरण गरिएको जानकारी दिनुभयो। उहाँले खानेपानी वितरण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रहरी चौकी हेमन्तपुरका इन्चार्ज दलबहादुर बुढाले खानेपानी वितरणमा कुनै किसिमको अवरोध सिर्जना भए प्रहरी प्रशासनबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।
संस्थाका उपाध्यक्ष मनकुमारी महतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव मुकेश वलीले गर्नुभएको थियो।



तपाईंको प्रतिक्रिया