तुलसीपुर -११ मा वडाध्यक्ष फुटवल प्रतियोगिता सुरु
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–११ मा आजदेखि वडाअध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । अमर मावि उरहरीको प्राङ्गणमा प्रतियोगिता सुरु भएको हो । वडा सदस्य प्रतियोगिताको संयोजक यज्ञ बहादुर बस्नेतको अध्यक्षता एवं वडाध्यक्ष मान बहादुर रावतको प्रमुख आतिथ्यता तथा दाङ जिल्ला फुटवल संघका उपाध्यक्ष पवन कुमार योगीको विशिष्ठ आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि रहेका वडाध्यक्ष रावतले खेलले खेलाडीको व्यक्तिगत जिवनलाई मात्रै नभएर सामाजिक विकासमा समेत टेवा पुर्याउने काम गरेको बताएका थिए । स्थानीय खेलाडीहरूको क्षमता र प्रतिभालाई उजागर गर्न प्रतियोगिता सुरु गरिएको उनले बताए ।
वडा नम्बर ११ को आयोजनामा भएको फुटबल प्रतियोगितामा वडा भित्रका ९ वटा टिमको सहभागिताका रहेको छ । प्रतियोगितमा प्रथम हुने टिमले ३५ हजार,दोस्रो हुने टिमले २५ हजार रुपैयाँ नगद र ट्रफी प्रमाण पत्र प्राप्त गर्ने छ । वडा सदस्य प्रभा परियारको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन वडा सचिव पदम कुमार भण्डारीले गरेका थिए ।
यसैविच आज भएको उद्घाटन खेलमा बेलटाकुरा बी लाइ ५-० गोल अन्तरले हराउदै त्रिबेणी युवा क्लव कटाहाले विजयी सुरुवता गरेको छ । अर्को खेलमा डिवाइसी बेलगनारी बी ले २-० गोल अन्तरमा उरहरी सीलाई हराएको छ । शनिवार तीन खेलहरु हुने छन । पहिलो खेल बेलटाकुरा ए र डिवाइसी बेलगनारी ए भिड्ने छन भने दोस्रो खेल बबई लेजेन्ड र मोतीपुरका विच हुने छ । तेस्रो खेल त्रिबेणी युवा क्लव कटाहा र उरहरी ठुलो गाँउ विच प्रतिष्पर्धा हुने छ ।



तपाईंको प्रतिक्रिया