निर्वाचन प्रहरीको लागि तुलसीपुरबाट पनि फाराम भर्न सकिने

 पुष २८, २०८२

तुलसीपुर । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन प्रहरीको लागि दाङका थप दुई ठाउबाट फाराम दिन सकिने छ । जिल्ला प्रहरी कार्यालय दाङबाट फारम वितरण तथा आवेदन लिदै आएकोमा पौष २९ गतेदेिख आवदेनकर्तालाई सहज बनाउन ईप्रका तुलसीपुर र वडा प्रहरी कार्यालय लमहीबाट पनि फाराम भर्न सकिने प्रहरी प्रबत्ता चक्र बहादुर शाहले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको हो । निर्वाचन सुरक्षामा खटिनेगरी निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् । सार्वजनिक बिदाको दिनपनि दरखास्त लिइने प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागले जनाएको छ ।

तपाईंको प्रतिक्रिया