तुलसीपुर -२ खैरीपुरस्थित भमके खोलामा पुल बन्ने

 पुष २९, २०८२

तुलसीपुर |    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ को खैरीपुर–अस्वारा जोड्ने खैरीपुरस्थित भमके खोलामा  पुल बन्ने भएकाे छ । उपमहानगरकाे बजेट  निर्माण हुने पुलको आज एक औपचारिक कार्यक्रम बिच शिलन्यास कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष भिम योगीको ज्युको अध्यक्षता तथा  तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काकाे प्रमुख आतिथ्यमा कार्यक्रम  भएको हो ।

त्यसैगरी, वडा नं ३ का वडा अध्यक्ष विजय वि. क तथा वडा नं ८ का वडा अध्यक्ष घर्म बहादुर ओली ज्युको विशिष्ट अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। कार्यक्रममा स्थानीय समाजसेवी व्यक्तिहरू, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

शिलन्यास कार्यक्रममा वडा नं २ का वडा सचिव सन्तोष न्यौपानेले सहजीकरण गर्नुभएको थियो। पुल निर्माणपछि खैरीपुर–अस्वार क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा सहजता हुने र समग्र क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। करिव सवा १ कराेड लागतमा पुल बन्ने छ ।

तपाईंको प्रतिक्रिया