आचारसंहिता अनुगमनका लागि अधिकृत तोकिए
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ७७ जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकेको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र आचारसंहिता अनुगमनको जिम्मेवारी दिइएको छ भने कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई चुनावी खर्च, लेखा विवरण, सम्पत्ति विवरण र घोषणापत्र जाँच्ने जिम्मा दिइएको हो ।
आयोगले ती अधिकृतहरूलाई आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोध्नेसमेत अधिकार दिएको जनाएको छ । अब आयोगसँगै जिल्ला तहबाट पनि सक्रिय अनुगमन हुने बताइएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर यो व्यवस्था गरिएको हो ।



तपाईंको प्रतिक्रिया