विद्यालय कर्मचारी परिषद् लुम्बिनी प्रदेश अधिबेशन चैत १४ मा
तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परिषद् लुम्बिनी प्रदेशको भर्चुअल बैठक बसेको छ । बैठकले आउदो चैत १४ गते प्रदेश अधिबेशन गर्ने गरी तयारी थाल्ने निर्णय गरेको छ । प्रदेश अध्यक्ष गोविन्द घर्तीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष गङगाराम तिवारीको प्रमुख आतिथ्य र महासचिब शान्तीनाथ योगी को बिशिष्ठ आतिथ्यमा बैठक बसको थियो ।
बैठकमा जिल्ला अधिबेसन नभएका जिल्लामा अधिबेसन गरिसक्नुपर्ने र त्यसका लागि केन्द्रीय प्रतिनिधि खटाउने जानकारी गराइएको थियो । साथै पछिल्लो समय कर्मचारीका सेवा सुविधा र आगामी कार्य दिशाका बारेमा छलफल भएको थियो । बैठकको सहजिकरण सचिब दुधराज चौधरीले गरेका थिए ।



तपाईंको प्रतिक्रिया